६ महिनामा वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढ्यो

माघ १३ काठमाडौं ।
६ महिनामा वीरगञ्ज भन्सार नाका बाट निर्यात बढेको छ।

वीरगञ्ज भन्सार कार्यलयको अनुसार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको जनाएको छ।

६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल निर्यात बढेको छ। भने अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर बढेको बताएको छ।

गत आवको छ महिनामा यो नाका हुँदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो।

कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो।

वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडा लगायत सामग्री निर्यात भएको छ।

वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *