अक्टोबरमा एनआरएनएको १२ औं महाधिवेशन हुने

माघ १२ काठमाडौं ।
अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनएको) को महाधिवेशन हुने भएको छ।

जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय, पदाधिकारी बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसिसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरीसक्न समेत भनिएको छ।

‘संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचार,इमेल एनसिसीहरुमा भइरहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार, इमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम र अन्यौलमा नरहि संघको निर्देशना अनुसार मात्र कार्य गर्न निर्देशन दिएका छन्।’

कुनै हल्ला र भ्रमको पछी नलागि अक्टोबर११ देखि १४ (अशोज २५ देखि २८)मा हुने महाधिवेशन सम्पन्न पार्न समेत एनआरएनएले अपिल गरेको छ।

एनआरएनएका महासचिव गौरी राज जोशीले अक्टोबर ११ देखि १४ सम्म महाधिवेशनको निर्णय भएकाले सदस्यता खुला गरिएको समेत जानकारी गराएका छन्।

सदस्यता खुल्ला भइसकेका एनसिसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसिसीहरुमा तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *