कैलाली र कञ्चनपुरमा बाक्लो शीतलहर बाट जनजीवन प्रभावित

माघ १२ काठमाडौं ।
कैलाली र कञ्चनपुरमा बाक्लो शीतलहर बाट जनजीवन प्रभावित भएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट लागेको हो।

शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्ने समस्या र वृद्धवृद्ध, विपन्न परिवारको जनजिवन प्रभावित भएको छ।

शीतलहरको कारण चिसो बढ्दा आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन्।

रोगको सङ्क्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पु¥याउन थालेको स्थानीय किसानको भनाइ छ। दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *