भरतपुर महानगपालिकामा भूमिगत विद्युतीकरणको परीक्षण

माघ ११ काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकामा भूभिगत विद्युतीकरणको परीक्षणको काम सुरु गरिएको छ। सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो।

भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेको हुन्।

ताररहित महानगर बनाउने योजनाअनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको बताएको छ। यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने मेयर रेणुको भनाइ छ।

आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको काम सक्न समेत आग्रह गरेको छन्। काठमाडौँ पछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ।

पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रूपमा विद्युत् पु¥याइएको छ।

यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिएका छन्।

आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *