माघ ११ काठमाडौं ।
भारत सरकारले अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका आप्रवासीलाई फिर्ता बोलाउने भएको छ।
अमेरिकी मिडिया ब्लुमबर्गले जनाए अनुसार भारत सरकारले अवैध रुपमा अमेरिकामा बसोवास गरिरहेका भारतीय आप्रवासीलाई पहिचान गर्न अमेरिकी अधिकारी सँग समन्वय गरिरहेको जनाएको हो।
ब्लुमबर्गलाई स्रोतको अनुसार हालसम्म अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका १८ हजार भारतीय मूलका मानिसको पहिचान गरिएको छ।
अवैध भारतयिको वास्तविक संख्या बढी हुन सक्ने प्यु रिसर्च सेन्टर को तथ्यांकले अमेरिकामा अनुमानित सात लाख २५ हजार कागजातविहीन भारतयि आप्रवासी रहेको देखिएको जनाएको छ।
‘प्यु रिसर्च सेन्टर’को तथ्यांकले अमेरिकामा अनुमानित सात लाख २५ हजार कागजातविहीन भारतीय आप्रवासी रहेको देखाउँछ।
जयशंकरले बुधबार वासिंटनमा भारतीय पत्रकारको एक समूहसँग भने, ‘अमेरिकासहित विश्वका जुनसुकै देशमा यदि हाम्रा नागरिक अवैध रूपमा बसिरहेका छन् भने हामी उनीहरूलाई फिर्ता लिन सधैँ खुला छौँ भनेका छन्।’
त्यसै अनुसार भारत सरकारले अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका आप्रवासीलाई फिर्ता बोलाउने तयारि भएको जनाएको हो।