हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य मन्त्रीको निर्णय

माघ १० काठमाडौं ।
हिमोफिलियाको बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्।

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्।

जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पताल बाट समेत उपलब्ध गराउने भएको छ।

मन्त्री पौडेलले यो रोग उपचारका लागि महँगो भएको र उपचार सरकारमार्फत् नै होस् भन्ने धेरै पीडित तथा सरोकारवालाहरुको अनुरोधलाई स्वीकार गरेको बताएका छन्।

‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई सेवा उपलब्ध गराउने निर्णय गरेको बताएका छन्।

मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

हिमोफिलिया रोग उपचारको लागि निकै महँगो औषधि आवश्यक पर्ने गरेको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *