आज नेप्से परिसूचक ५२ अंक बढ्यो

माघ ९ काठमाडौं ।
आज नेप्से परिसूचक सेयर बजार ५२.३६ अंकले बढेको छ। वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको हो। परिसूचकसँगै कारोबार रकम पनि बढ्यो।

आज ९ अर्ब २० करोडको कारोबार भयो। कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो। बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढ्यो।

धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी अगाडि देखिएको छ। आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ।

दकम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, दोल्ती पावरको मूल्य १० प्रतिशत, ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशत मूल्य बढ्यो।

बाराही हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत, रिभर फल्स पावरको ५.६, विन नेपाल लघुवित्तको २.८ प्रतिशत घट्यो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *