यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

माघ ९ काठमाडौँ ।
आजको लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा कायम भएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।

सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ०५ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८६ पैसा र बिक्री दर आठ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा र चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा छ।

त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा तोकिएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १२ रुपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ०७ पैसा कायम भएको छ।

बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७३ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७१ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *