माघ ८ काठमाडौं ।
मेयर हर्क साम्पाङ धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय पुगेका छन् ।
उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका साम्पाङ आज सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्।
आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् ।
गाग्रीसहित प्रवेश गर्न नपाइने भएकाले साम्पाङ गाग्रीविनै गेट बाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन्।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै हिजो रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।
Post Views: 200