आज संसदीय समितिको बैठक बस्दै

माघ ८ काठमाडौँ ।
आज संसदीय समितिको बैठक बस्दै छ। एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको हो।

जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने छ।

सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल हुने भएको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ।

त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुदैछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *