माघ १८ देखि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी

माघ ७ काठमाडौं ।
माघ १८ देखि संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको हो।

मन्त्रिपरिषद बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ।

आज संसद अधिवेशन बोलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे बीच छलफल भएको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

संसदको हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेको स्रोतको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *