माघ ७ काठमाडौं ।
आज बाट कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन हुने भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं बैठक दिउँसो १ बजे बस्न लागेको हो।
यस अघि प्रदेश सभाको चौथो अधिवेशन गत असोज १६ गते भएको थियो। मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
कर्णाली प्रदेशले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौं अधिवेशन आह्वान गरेको हो।
Post Views: 232