आज आइसिसी यू–१९ महिला विश्वकप स्कटल्याण्डसँग खेल्दै नेपाल

माघ ७ काठमाडौं ।

आज आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ।

मलेसियाको बंगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार आज खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुने भएको छ।

समूह डी मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेल नेपालले बुधबार अस्ट्रेलियासँग खेल्नेछ।

नेपाली टिममाः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *