माघ ६ काठमाडौं ।
इजरायल र हमासबिच गाजामा युद्धविराम सुरु भएको छ।
यस अघि हमासले सम्झौता अन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले रक्षा बललाई आदेश दिएका थिए।
युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो।
युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन्।
Post Views: 32