माघ ५ काठमाडौं ।
दुई न्यायाधीशलाई इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा आज गोली हानी हत्या भएको छ। सर्वोच्च अदालतको भवनमा तिन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा दुई न्यायाधीशको मृत्यु भएको हो।
मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिको अनुसार आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरको जनाइएको छ। मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह हुन्।
सरकारी समाचार संस्था इर्ना र मिजान अनलाइनका अनुसार आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र एक न्यायाधीश घाइते भएको जनाएको छ।
स्रोतको अनुसार मृत्यु हुने र घाईते भएको न्यायाधीशहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ।
उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभएको जनाएको छ। आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ।
मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन्। यस अघि पनि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए।
न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ।