माघ ३ काठमाडौं ।
जलवायु परिवर्तनको असर दाङको तुलसीपुर उप–महानगरपालिकाको छिल्लीकोटमा पुसमै काफल पाक्न थालेको छ।विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यस अघि नै काफल पाक्न थालेको छ।
केही वर्ष अघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिले अघि र कहिले पछि पाक्न थालेको छ। यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो।
जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उप–महानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताएका छन्। गौतमका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको हो।
यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नभएकाले यसको प्रभावले पनि छिट्टै काफल पाकेको बताएका छन्। जलवायु वरिवर्तनका कारण देशभर यस्तो समस्या बढ्दै गएको छ।
Post Views: 31