म्याग्दीको कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन

माघ ३ काठमाडौं ।
म्याग्दीको कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन भएको छ। म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको हो।

नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्याफ्ङि सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताएका छन्।

बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर हिजो देखि बेनीको जलेश्वर देखि खुलामञ्चनजिकको दोभानसम्म छोटो दूरीको ¥याफ्टिङ सञ्चालन गरिएको बताएका हुन्। पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन गर्दै आएका छन्।

बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति रु. ८ सय र बगरफाँटबाट दोभानसम्म रु. ६ सय शुल्कमा र्याफ्टिङ गर्न सकिने जनाइएको छ।

महोत्सवमा आउने दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्याफ्ङि सेवा प्रवाह गरेका बताएका छन्।

नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *