आज संसदीय समितिको बैठक बस्दै

माघ ३ काठमाडौं ।
आज चार ओटा संसदीय समितिको बैठम बस्दै छ।

आज बिहान् ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज साढे ११ बजे बस्दै छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोष २९)को समीक्षा र नेपालको आगामी कार्यदिशाबारे छलफल गर्ने कार्यसूची छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *