आज सेयर बजार परिसूचक (नेप्से) १.८३ अंक बढ्यो

माघ २ काठमाडौं ।
आज नेपालको सेयर बजार परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ।

अघिल्लो दिनको कारोबारमा १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से परिसूचक आज २५९५.९६ अंक पुगेको हो।

आज सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो।

आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले, होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले बढेको छ।

त्यस्तै घट्नेमा फाइनान्स कम्पानीका सेयर औसतमा साढे ३ प्रतिशतले छ। आज दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भएको छ।

न्यादी जलविद्युतको सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भयो। पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *