आगमि बर्षदेखि चस्माको भ्याट र भन्सार नलिने स्वास्थ्यमन्त्री पौडेल घोषणा

पुस २६ काठमाडौं ।
आगमि बर्षदेखि चस्माको भ्याट र भन्सार नलिने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले घोषणा गरेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका हुन्।

आज काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटनको क्रममा बोल्दै मन्त्री पौडेलले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिम बाट जोडिने भएको उल्लेख गर्दै उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरेका हुन्।

पौडेलले आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा मिलेर काम गर्नुपर्ने बताएका छन्।

आँखाको उपचारात्मक सन्दर्भमा बाहिर बाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको भन्दै चश्मामा लाग्ने भ्याट र भन्सार समेत नलाग्ने व्यवस्थ गर्ने मन्त्रीले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *