रवि लामिछाने सहित सूर्यदर्शन सहकारी प्रकरणका आरोपी धरौटीमा छाड्न आदेश

पुस २५ पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत कास्कीको न्यायाधीश नीतिज राईको इजलासले सात आरोपीमध्ये ३ जनालाई धरौटी बुझाएर छुटेका छन्।

आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन्। अदालतले रास्वपा का निलम्बित सभापति रवि लामिछानेलाई पनि ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५, ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका छन्। तर, रवि लामिछाने काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने अवस्था छैन।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *