अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा डढेलो

पुस २५ काठमाडौं ।

मंगलबार देखि अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सको अनुसार लस एन्जलसको प्यालिसेड्स बाट सुरू भएको डढेलो बाट हालसम्म कम्तिमा २५ हजार एकडसम्म फैलिएको जनाएको छ।

प्यालिसेड्समा डढेलो १५ हजार ८०० उकडमा फैलिएको छ। त्यहाँ आगो निभाउनका लागि १ हजार ७९२ जना अग्निनियन्त्रक र सुरक्षाकर्मी परिचालन गरिएको छ।

तीव्र गतिमा चलेको हुण्डरीका कारण डढेलो एक स्थानबाट अर्को स्थानमा सरेको र केही क्षणमै ठूलो रूप लिएको बताइएको छ।

विभिन्न क्षेत्रमा फैलिएको डढेलोलाई विभिन्न नाम दिइएको छ। अमेरिकी अखबार सिएनएनको अनुसार अहिलेसम्म ६ ठाउँमा डढेलोले भयानक रूप लिएको जनाएको छ। डढेलोलाई प्यालिसेड्स, हस्र्ट, वुड्ली, इटन, लिडिया र सनसेट डढेलोको नाम दिइएको छ।

डढेलो नियन्त्रण बाहिर गएपछि लस एन्जलसमा आपलकाल घोषणा गरिएको छ। भने डढेलोका कारण प्रभावित ठाउँहरूमा पानी र विद्युतको आपूर्ति बन्द भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *