पुस २४ काठमाडौं ।
आज सेयर बजार र कारेबार बढेको छ।
आज नेप्से परिसूचक ६.५३ अंक बढेको हो। यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ। आज ६ अर्ब ४० कारोबार करोडको भएको छ।
फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ प्रतिशत बढेको हो। १३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो। भने फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो।
माइक्रोफाइनान्स १.५९, उत्पादन ०.४०, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढ्यो। बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, निर्जीवन बीमा ०.१३, अन्य ०.२६ र व्यापार १.५६ प्रतिशत घटे।
समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत, चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५, रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो।
सामुदायिक लघुवित्तको १० प्रतिशत मूल्य घट्यो। बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ प्रतिशत घट्यो।