कृषिसम्बन्धि अनुदान अनियमितता गरेको भन्दै आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २२ काठमाडौं ।
कृषिसम्बन्धि अनुदान अनियमितता गरेको भन्दै आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

मधेस प्रदेशका तत्कालीन सचिवसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम अन्र्तगतको फर्मलाई गैरकानुनी रुपमा छनोट गरि सम्झौता अनुसारको काम नगरि नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अख्तियारको दाबी छ।

मधेस प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सिंहसहित कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमका संयोजक शंकर प्रसाद साह, अविनास कुमार झा, सहलेखापाल ब्रजेश कुमार साह, पशु चिकित्सक रंजित कुमार अधिकारी, मधेस प्रदेशका कृषि अर्थविद् विकास कुमार साह र अनुदान लिने महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्मका सञ्चालक लक्ष्मी नारायण यादबविरुद्ध पनि मुद्दा दायर भएको हो।

डा.सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयकी बहालवाला सचिव छिन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *