पहिलो पटक पाइपलाइनबाट पेट्रोल आयात तयारी

पुस २२ काठमाडौं।
नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भइरहेको छ।

नेपाल आयल निगमको अनुसार ‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकिएको अब पेट्रोल र मट्टीतेल आयात गरि बजारमा ढुवानीका लागि आवश्यक परीक्षणको काम जारी रहेको बताएको छन्।

भारत मोतिहारी बाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण सम्पन्न भई अहिले विभिन्न चरणमा परीक्षणको काम जारी रहेको जनाएको छ।

नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये यस नाकामार्फत ६० देखि ७० प्रतिशत पेट्रोल र डिजेल आयात हुने गरेको तथ्यांक निगमको छ।

२०७६ भदौ २५ देखि पाइपलाइन बाटै डिजेल आयात भइरहेको छ। यो परियोजनाको दोस्रो चरण अन्तर्गत पेट्रोल र मट्टीतेल आयातका लागि संरचना बनाइएको हो।

परीक्षण सिलसिलामा पाइपलाइनबाट आएको पेट्रोल ट्यांकरमा लोड गर्ने, सेक्युरिटी लकिङ सिस्टम राख्ने सहित परीक्षण भइरहेका छन्।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइप लाइन हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *