पुस १९ काठमाडौं ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अनुसार आज राति अत्यधिक उल्बा वर्षा (भूतम) हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको हो।
नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहने छ। आज राति उल्का वर्षा प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने जनाएको छ। उल्का वर्षालाई नेपालीले ‘तारा खसेको,झरेको’ रुपमा अथ्र्याउँदै आएका छन्।
एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको जनाएको छ।
उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ। नासोले प्रेस विज्ञप्तिमार्फत् उक्त ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने उल्लेख गरेको छ।’
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । त्यसैलाई उल्का वर्षा भनिन्छ।