दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तयारी पूरा

पुस १६ काठमाडौं ।
दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको तयारी पूरा भएको छ। अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शन भोलि देखि काठमाडौंमा सुरु हुँने भएको हो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अनुसार पुस्तक प्रदर्शनीका लागि सहभागी हुन् चीन, भारत, श्रीलंका, क्यानडा, जिम्बाबे, थाइल्याण्ड र बंगलादेशका प्रकाशका तथा लेखकहरु काठमाडौं आइसकेको बताएका छन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो।

पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजना गर्न लागिएको यो प्रदर्शनी पुस १७ गतेदेखि २१ गतेसम्म चल्ने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *