क्यान्सरविरूद्धको थप एचपीभी खोप नेपाल ल्याइयो

पुस १६ काठमाडौंँ ।
क्यान्सरविरुद्धको थप पाँच लाख एचपीभी खोप नेपाल ल्याइएको छ।

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको हो।

सरकारले यस अघि दु्ई पटक एचभिपी खोप ल्याइसकोको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीको अनुसार फेरी चार लाख ९६ हजार दुई सय ८० खोप ल्याइएको जानकारी दिएका छन्।

‘एचपीभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो।
सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ।

पन्ध्र दिनसम्म चल्ने अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीहरुमा खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *