आज तमु ल्होछार बिशेष कार्यक्रम गरि मनाईयो

पुस १५ काठमाडौं ।
आज तमु ल्होछारको अवसरमा गुरुङ समुदायले बिशेष कार्यक्रम गरि मनाएका छन्।

 

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार मनाएका हुन्। ‘ल्हो’को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो।

 

 

गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतल गायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ।

यस पर्वको अवसरमा गुरुङ समुदायले काठमाडौंको टुडिखेलमा बिशोष कार्यक्रम गरि भव्यताका साथ ल्होछार मनाएका छन्।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *