हुम्लामा हिमपात

पुस १३ काठमाडौं ।
हुम्लामा हिमपात भएको छ।

हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च पहाडी भू–भागमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ।

शुक्रबार रातिदेखि हिमपात भएको हो। हिउँ परेर चार इञ्च हिउँ जमेको र हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयले बताएका छन्।

पुस महिना बाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन्।

हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन्। हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ।

हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ। यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा पनि अवरुद्ध भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *