पुस १३ काठमाडौं ।
आज श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउँदै छन्।
उनी निजी भ्रमणको सिलसिलामा आज काठमाडौं आउन लागेका हुन्। भ्रमणका लागि विक्रमासिंघे १७ गतेसम्म नेपालमा रहने स्रोतले बताएको छ।
उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन। सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेको बताएका हुन्।
विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन्। उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।
Post Views: 39