पुस १२ काठमाडौं ।
निर्माणाधीन रसुवा सुक्खा बन्दरगाहको भौतिक काम ७२ प्रतिशत सकिएको छ।
चीनसँग सीमा जोडिएको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको हो।
नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको स्थलगत निरीक्षण पछि बताएका छन्।
आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताएका छन्।
Post Views: 38