पुस १२ काठमाडौं ।
नेपाल भारतको सीमा सुरक्षा सम्बन्धी बैठक बस्ने भएको छ।
नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको हो।
बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको डिआइजी कालीदास धौवजीले जानकारी दिएका छन्।
सीमा वार–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।
Post Views: 44