पुस १२ काठमाडौं ।
आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले बढेको हो।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले चाँदीको मूल्य बढेको हो।
Post Views: 33