नेतृत्वले असक्षम निर्णय गर्यो कडरिया

पुस १२ काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश सल्लाहकारहरुको सिफारिमा नेतृत्वले असक्षम निर्णय गरेको भन्दै बिरोध गरेका छन् ।

बागमती प्रदेश कमिटीले भर्खरै आयोजना गरेको सल्लाहकारहरुको शपथग्रहण समारोहमा रामेछाप जिल्ला बाट कमल प्रसाद कडरिया लगाएतका टिम सल्लाहकारहरुको शपथग्रहण कार्यक्रममा नगएका हुन्।

नेकपा एमालेका कार्यकर्ता निति, बिधिमा चल्ने भएकाले प्रदेश कमिटी सल्लाहकार सदस्यको सफत खान नगएको कडरियाले बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश कमिटीको सल्लाहकार सदस्य पदमा सफत खान नजानेहरुमा कमल प्रसाद कडरिया, रमेश बस्नेत, कृष्णहरि अधिकारी, जिएन दाहाल, प्रदीप योञ्जन, कुमार कार्की, उद्धव कडरिया, पुष्प पौडेल जीवन्त, युवराज पाख्रिन, समर बोहोरा, महेश श्रेष्ठ, इन्द्र तामाङ, केशर बुढाथोकी, टंक चौलागाईं, पाल्देन लामा, ज्ञानकुमार योञ्जन र यतनहरि सुवेदी लगायतका नेताहरु छन्।

बागमती प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले मनोमानी गरेको र पार्टीलाई कसरी ? चलाउनु पर्छ भन्ने सामन्य चेत समेत नराख्नु मुर्खता भएको टिप्पणी समेत गरेका छन्।

सिफारिस भएका टिमले पार्टीको हितमा काम गर्न नसक्ने असक्षम नेतूत्व हुनुले पार्टीलाई नै क्षती पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरुले कुनै पनि आधिकारीक जानकारी नपाएको र पार्टीको विधि, पद्धती विपरित दर्जनौं कार्यकर्तालाई सल्लाहकारमा सिफारिस गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

अनुचित र अपरिपक्कताले गर्दा पार्टीलाई समेत ठूलो क्षती हुँने भन्दै रामेछाप बाट कोहि पनि सफत खान नगएको कमल प्रसाद कडरियाले डाईनामिक खबरलाई बताएका छन्।

विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समचारहरुले आफुहरु माथि गलत, भ्रम र अफवाह फैलाएको भन्दै त्यस्तो कुराको खण्डन् समेत गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *