पुस ११ काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार स्वास्थ्य मन्त्रालयले दुईदिने स्वास्थ्य सम्मेलन गर्ने भएको छ।
देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य सम्मेलनको आयोजना गर्ने भएको हो।
‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ भन्ने नाराका साथ काठमाडौंमा हुने ‘नेपाल हेल्थ कन्क्लेभ’मा ९० भन्दा बढी देशबाट एक हजार जना सहभागी हुँदैछन्।
यीमध्ये तीन सय जनाको भौतिक उपस्थिति र सात सयजना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानका्री दिएका छन् ।
प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्य सहित काठमाडौंमा दुईदिने सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
Post Views: 214