कजाकस्तानमा ६७ जना सवार जहाज दुर्घटना

पुस १० काठमाडौं ।
कजाकस्तानमा ६७ जना सवार जहाज दुर्घटना भएको छ।

कजाकस्तानको अक्ताउ शहरमा आज यात्रुवाहक विमान दुर्घटना परेको हो।

स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार भएको र त्यहाँको प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको जनाएको छ।

समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो। जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको थियो।

बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गर्नुपर्दा उक्त घटना भएको जनाएको छ।’ कजाकस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *