पानी पार्ने प्रणाली फेरि भित्रिदैं

पुस १० काठमाडौं ।
पानी पार्ने प्रणाली फेरि भित्रिदैं छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा पनि बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार काठमाडौं उपत्यकासहित केही स्थानमा फाटफुट वर्षा भएको थियो। उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो।

मंगलबारको तुलनामा आज मौसम सफा रहने मौसमविद डा. विनोद पोखरेलले बताए। ‘आज बिहानपख काठमाडौं उपत्यकाका लागेको आंशिक बादल केही घण्टापछि हट्ने छ र अपराह्नदेखि घमाइलो मौसम रहने’ बताएका छन्।

शुक्रबार बेलुका देखि फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना रहेको जनाएको छ।

यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ। शनिबार पनि देशैभर पूर्णतया बदली हुने र काठमाडौं सहित केही भागमा हल्का वर्षाको सम्भावना छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *