हिमपातले हुम्लाको जनजीवन प्रभावित

पुस ९ काठमाडौं ।
हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ।

सोमबार रातिदेखि हिमपात सुरु भएको हो। हुम्ला प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिएका छन्।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

सदरमुकामा दुई इञ्चसम्म र उत्तरी नाम्खा गाउँपालिका सहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। भने जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको जनाएको छ।

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिका लगायतलाई सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह गरेका छन्।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *