पुस ८ काठमाडौं ।
विद्युत् व्यापार र विस्तारका लागि लगानी जुटेको छ।
विद्युत प्रसारण, वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्नका लागि ७२ अर्ब ९३ करोड रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) बराबर लगानी जुटेको हो।
विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवं सुधार गर्न एसियाली विकास बैंक (एडीबी) ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण र ३ करोड डलर (४ अर्ब ७ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ।
अर्को युरोपेली युनियनले २ करोड २६ लाख डलर (३ अर्ब ६ करोड रुपैयाँ) र नर्वे सरकारले ३ करोड १० लाख डलर (४ अर्ब २१ करोड रुपैयाँ) अनुदान दिने प्राधिकरणले जनाएको छ।
यसैगरी रणनीतिक जलवायु कोषमार्फत १ करोड डलर (१ अर्ब ३५ करोड रुपैयाँ) सहायता प्राप्त हुने भएको छ। आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रुपैयाँ) नेपाल सरकारले बेहोर्ने छ।
सहायता परिचालनका लागि सरकार र एडीबी एवं प्राधिकरणबीच सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ। ती योजना प्राधिकरणले कार्यान्वयन गर्ने जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विकास साझेदारबाट प्राप्त स्रोत परिचालन गरी मुख्यरूपमा देशभित्रको विद्युत् आपूर्ति प्रणाली सुधार एवं विस्तार, क्षेत्रीय, उपक्षेत्रीय विद्युत् व्यापार भरपर्दो बनाउने मेरुदण्डको रूपमा आवश्यक पूर्वाधार संरचना निर्माण र वितरण प्रणाली डिजिटलाइजेसन गरिने बताएका छन्।
वितरण प्रण मुलुकको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि यो लगानी जुटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।