पुस ८ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँने भएको छ।
आज राति पश्चिम नेपालका पहाडी र हिमाली भू–भागमा वर्षा हुने जनाएको हो। काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार नेपाल आउने र त्यो पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको र सावधानी अपनाउन अनुरोध छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्दा जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Post Views: 37