नेपाल राष्ट्र बैंकले निर्धारण गर्यो विदेशी मुद्रको विनिय दर

पुस ८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा कायम भएको छ।

त्यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा र साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा तोकिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा छ।

बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ९ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमय दर भने वोईबसाइटमा राखिने केन्द्रीय बैंक जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *