पुस ७ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि मुद्दा दायर भए पछि सांसद पद निलम्बन हुने भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने माथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा सम्पती आर्जन गरेको आरोप लगाएको छ।
गैरकानुनी रुपमा सम्पती आर्जन गरेको भन्दै रवि पत्नी निकिता पौडेल माथि पनि मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण ऐन अनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला सरकारी वकिलको कार्यलय कास्कीका न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिएको छन्।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो।
‘प्रचलित कानून बमोजिम कुनै पदाधिकारी, कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवकको पद स्वतः निलम्बन भएको मानिने छ,’ ऐनमा भनिएको छ।