पुस ७ काठमाडौं ।
रास्वपा सभापति रवि माथि मुद्दा दायर भएको छ।
दुई महिनादेखि थुनामा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आईताबार सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको हो।
सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा रवि लामिछाने लगायतका आरोपितहरु माथि संगठित आरोपमा आज मुद्दा दायर भएको हो।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरि आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेका छ।
ठगी गरेको सहकारीहरुमा पोखराको सूर्यदर्शन सहकारी र त्यस बाट भएको रकम हिनामिना गरि त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा रवि लामिछाने लगायत माथि मुद्दा दायर भएको हो।
गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो।