युद्धका कारण गाजामा २० लाख मानिस फसे

पुस ७ काठमाडौं ।

युद्धका कारण गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका छन्।

संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजका अनुसार १४ महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका र जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ भने हजारौं घाइते भएको जनाएको छ।

युद्धका कारण २० लाख भन्दा बढी मानिस नराम्रो सँग फसेको जनाएको छ। संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा युद्धका कारण जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लंघन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको उल्लेख गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *