पुस ६ काठमाडौं ।
नेपाल आयल निगमले पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाटै डिजेल, पेट्रोल र मट्टितेल ल्याउने जनाएको छ।
निगमको मधेस प्रादेशिक कार्यालयको प्रमुख प्रलयंकर आचार्यको अनुसार पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारी देखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइन बाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ।
निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो।
अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै ‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना रहेको कार्यालय प्रमुख आचार्यले जनाएका छन्।
निगमको मधेश प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ।