पुस ५ काठमाडौं ।
नेपालमा पनि ‘मंकीपक्स’ रोग देखा परेको छ।
नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको हो। साउदी अरेवियाबाट विहीबार मात्रै नेपाल फर्किएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको हो।
अस्पताल स्रोतका अनुसार शुक्रबार (आज) मंकीपक्स पुष्टि भएका व्यक्ति साउदी बाटै लक्षण लिएर आएका जनाएको छ। एयरपोर्टबाटै ग्राण्डी अस्पताल पुगेका बिरामीलाई टेकु अस्पताल रिफर गरेको थियो।
टेकु अस्पतालले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र त्यहाँबाट आएको रिपोर्ट अनुसार ति व्यत्तिमा मंकीपक्सको संक्रमण देखा परेको जनाएको हो।
यस अघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो। नेपालीलाई मंकीपक्स पुुष्टी भएको यो पहिलो घटना हो।
Post Views: 233