पुस ५ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ । बुधबार देखि घट्न सुरू भएको सुनको मूल्य आज पनि निरन्तर घटेको हो।
अघिल्लो दिन प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
Post Views: 38