पुस ५ काठमाडौं ।
प्रधानमन्त्री आलीसँग बंगलादेशका राजदूत चौधुरीको बिदाइ भेट भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्री केपी शर्म ओलीले आपसी सम्बन्धमा नेपाललाई योगदान दिएकोमा राजदूत चौधुरीलाई धन्यवाद दिएका छन्।
राजदूत चौधुरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका बेला प्रधानमन्त्री ओली सँग भेट गरेका हुन्।भेटका क्रममा प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीति बाट छिटो स्थायीत्वमा जाने विश्वास गरेका छन्।
राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराएका थिए। भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी भएको जनाएको छ।