पुस ३ काठमाडौं ।
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ।

भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा समेत महसुस भएको जनाएको छ। भूकम्प बाट कहि पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताएका छन्।

मंगलबार साँझ पनि तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *